आर्थिक सहयोग नगरेपनि स्यावासी मात्र दिए पनि काम गर्न अझै हौसला मिल्ने थियो’, सपना रोका मगर ( भिडियो सहित)

काठमाडौं। चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका मगर सही निर्णय लिन नसक्दा सडकमा पुगिन्। कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो। खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन्।

आत्मविश्वासका साथ गलत सङ्गत र दुव्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ। बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन बिबीसीले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ।