एकल महिलाका लागि एक उदाहरणीय विवाह

कल्पना पौडेल, काठमाडौँ |

नेपाली समाजले अझ पनि एकल महिलाले गर्ने पुर्नरविवाहलाई त्यति राम्रो मान्दैन । समाजको पुरातनवादी सोंच र मान्यतामा अझै नि पूर्ण सुधार आउन सकेको छैन । जीवनसाथीको अभावमा जीवनको उतराद्र्धमा समय व्यतित गर्न जुन अप्ठारो हुन्छ, त्यसको अनुभूति सबैले गर्न सक्ने विषय भएन । आवश्यकता र चाहना हुँदाहुँदै पनि कैयौं एकल महिला तथा एकल पुरुषहरुले समाजको त्यही पुरातनवादी सोंचको डरले पुनर्विवाह गर्न सक्दैनन् । तर गैंडाकोट नवलपुरकी ४५ वर्षीय, साहित्यप्रेमी गजलकार कल्पना पौडेल ‘जिज्ञासु’ र खजुरा बाँकेका ५४ वर्षीय शिक्षाप्रेमी समाजसेवी ऋषिराम सापकोटाले समाजको पुरातनवादी सोंच र प्रवृत्तिलाई चुनौती दिंदै पुनर्विवाह गरेका छन् ।

घरपरिवारका सबै सदस्य र आफन्तजनहरुको पूर्ण स्वीकृति र सहभागितामा प्रगतिशील विवाह समारोहको आयोजना गरी उनीहरुले नयाँ दाम्पत्य जीवनको शुरुवात गरेका छन् बैवाहिक समारोहमा मन्तव्य राख्दै वर ऋषिराम सापकोटा र बधु कल्पना पौडेलले एक अर्काको सुख दुःखमा साथ दिंदै जीवनको आगामी यात्रासँगसँगै विताउने प्रतिबद्धता व्यक्त गरे । विवाह कुनै बन्धन नभएको बताउँदै उनीहरुले एक अर्काको स्वतन्त्रता र चाहनाको सम्मान गर्ने बाचा समेत गरे । आफ्नो घरको फुलवारीमा एउटा फुल थप्न पाउँदा आफू अत्यन्त हर्षविभोर भएको वर ऋषिरामले बताए । बधु कल्पनाले वरका पूर्वसन्तानहरुलाइृ मातृत्वको कमी हुन नदिने बाचा गरिन ।

काठमाडौंको सोल्टीदोबाटो स्थित अशोक पार्टी प्यालेसमा २०७७ मंसिर ५ गते आयोजित उक्त वैवाहिक समारोहमा वर तथा बधुलाई सफल दाम्पत्य जीवनको शुभकामना दिंदै समारोहकी विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले एकले अर्कोको इच्छा र रुचिलाइृ बुझेर परस्पर सहयोग गरे मात्र जीवन सहज रुपमा अगाडि बढ्न सक्ने बताइन । शुभकामना मन्तव्यका क्रममा नेतृ पौडेलले वैदेशिक रोजगारीका जानेहरुका समस्याका बारेमा आफूले संसदमा कुरा राख्ने गरेको स्मरण गराउँदै एकल महिलाका समस्याका बारेमा पनि आफूल निरन्तर कुरा उठाउँदै जाने बताइन । सम्बोधनका क्रममा नेतृ पौडेलले नेकपा –मसाल) का महामन्त्री मोहन विक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले समेत वर तथा कधुलाइृ सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्नु भएको जानकारी दिइन । बरका जेठा छोरा शिशिर सापकोटाले वर तथा बधुलाई शुभकामना दिंदै यो विवाहबाट आफू अत्यन्त खुशी भएको भावना व्यक्त गरे । यस विवाहबाट आफूले एउटा अभिभावक पाएको भन्दै उनले बुबा तथा सानिमाको दाम्पत्य जीवनलाई सुखमय बनाउन आफूले निभाउनु पर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने वचनबद्धता पनि व्यक्त गरे ।

बधुकी दिदी तथा महिला मुक्ति आन्दोलनकी नेतृ प्रतिभा शर्माले जीवन सम्झौता नभई सहमति र सहकार्यबाट मात्र सहज रुपमा अघि बढ्न सक्ने भन्दै वर तथा बधुलाई वैवाहिक जीवन सफलताको शुभकामना दिइन । बधुका दाजी तथा अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष प्रा.डा.श्रीधर गौतमले वर र बधु दुवै जीवन र जगतलाई बुझेका बौद्धिक व्यक्तित्व भएको जानकारी गराउँदै उनीहरुको जीवनयात्रा सहज र खुशी साथ अघि बढ्ने विश्वास व्यक्त गरे । वरका भिनाजु तथा वामपन्थी नेता चेतनाथ आचार्यले विवाह पश्चात् पनि बर तथा बधुले देश जनता र समाजप्रतिको आफ्नो कर्तव्य निरन्तर पूरा गरिहने विश्वास आफूलाई रहेको बताए । समाजसेवी वालचन्द्र शर्माले पाको उमेरका यी वरबधुको विवाहले हाम्रो समाजलाई गतिले पाठ सिकाएको बताए । बर तथा बधुलाई गजल रचना वाचन सहित सफल दाम्पत्य जीवनको शुभकामना दिंदै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी महासचिव अम्विका याम्फुले यसप्रकारको विवाहले समाजमा राम्रो सन्देश प्रवाह गर्ने बताइन ।

वैवाहिक समारोहको अध्यक्षता बधुका दाजी देवीप्रसाद पौडेलले गरेका थिए भने आगन्तुक सम्पूर्णलाई बधुका भाई तथा अखिल नेपाल युवक संघका नेता संजाल शर्माले मन्तव्यद्वारा स्वागत गरेका थिए । नयाँ जीवन सहयात्रा शुरु गर्न लाएका समारोहका प्रमुख आकर्षक वर तथा बधुलाई बधुकी भाउजु हिरादेवी पौडेल अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोका, अखिल नेपाल जनजाति सम्मेलनका निवर्तममान महासचिव रामबहादुर बुढा, प्रगतिशील लेखक संघका महासचिव समिर सिंह, अखिल नेपाल महिला संघकी पूर्व केन्द्रीय कोषाध्यक्ष मनु वि.क., वर्तमान कोषाध्यक्ष ऋतु के.सी., प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तथा युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापा, साहित्यकार दलविर सिंह बराइली, एसियन फोरमका संस्थापक अध्यक्ष सिद्धिचंद बराल, सोही फोरमका संस्थापक वरिष्ठ उपाध्यक्ष श्रीकृष्ण अधिकारी, विनेसाम केन्द्रका काेषाध्यक्ष केबी पौडेल गौरी पव्लिकेशनका संचालक दामोदर ढकाल बेहुलाका कान्छा छोरा सुवोध सापकोटा, बेहुलाका दाजी गिरिराज सापकोटा र कृष्ण सापकाटो, बरका छोरी तर्फका सम्धी कृष्ण लामिछाने, दाईका छोराहरुतर्फका सम्धी घासु भण्डारी, भतिजा विमल सापकोटा भान्जाहरु सुनिल आचार्य र हेमन्त आचार्य बेहुलाका ज्वाई गुणनीति गौतम, भाउजु भगवती सापकोटा, छोरी पुष्पा सापकोटा, बुहारी उमा सापकोटा, छोरा दिनेश सापकोटा र भतिज रामजी सापकोटा, बेहुलीका दाइका छोरा अश्लेष पौडेल, अस्मित पौडेल दाजु शिवजी गौतम, भाउजु लक्ष्मी गौतम बहिनी जमुना आचार्य राधा लम्साल दिदी लक्ष्मी सापकोटा भतिजा अच्युत सापकोटा बहिनी मिरा र ज्वाँई सुसिल भट्टराई बुहारी शविना शर्मा पौडेल र बधुकी साथी दिपा पराजुली लगायत उपस्थित सम्पूर्णले बर तथा बधुलाई पुष्पगुच्छा तथा अविर लगाइ दिंदै सफल वैवाहिक जीवनको शुभाकामना दिएका थिए ।

वैवाहिक समारोहको संचालन प्रगतिशील सांस्कृतिककर्मी तथा हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्माले गरेका थिए । रक्तिममका संस्थापक अध्यक्ष जनगायक जीवन शर्मा, रक्तिम जापानका अध्यक्ष सचित्र के.सी., सदस्य नविन बस्याल लगायतले पठाउनु भएका शुभकामना सन्देशहरु पनि संचालक शर्माले समारोहमा वाचन गरेका थिए। बेहुला ऋषिराम सापकोटा बाँकेका प्रतिष्ठित समाजसेवी शिक्षाप्रेमी हुन । अर्थशास्त्रबाट एमए र इपिएमबाट एमएड गरेका साापकोटा हाल ज्ञानोदय नमुना मावि खजुरा बाँकेमा प्राधानाध्यापक छन् । ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरा बाँकेका उपाध्यक्ष, जेनिथ मावि खजुराका संस्थापक अध्यक्ष र लाइन्स क्लव खजुराका निवर्तमान अध्यक्ष समेत रहेका सापकोटाको पहिलो विवाह २०४३ सालमा भद्रकला उपाध्याय (शान्ति पौडेल) सँग भएको थियो । शान्ति तर्फ २ छोरा शिशिर,सुबोध र १ छोरी सुनिता रहेका छन् । तिनै जनाको विवाह भैसकेको छ । निमोनिया सम्बन्धी रोगका कारण २०७५ वैशाखमा भारतको लखनऊमा शान्तिको उपचारकै क्रममा निधन भएपछि ऋषिराम सापकोटाले एकल जविन बिताउँदै आएका थिए ।

बेहुली कल्पना पौडेल ‘जिज्ञासु’ नेपाली साहित्य क्षेत्रकी चिरपरिचित स्रष्टा हुन् । विशेष गरेर गजल विधामा कलम चलाउने कल्पनाका एकल र संयुक्त गरेर झण्डै दुई दर्जन कृतिहरु प्रकाशित छन् । ‘भावनाका भेलहरु’ (गजल संग्रह)–२०६९, ‘जुन हराएको रात’–२०७१, ‘पोखिएका खुशीहरु’ (गीत)–२०७५ र ‘विद्रोहका तरंग’ ( मुक्तक संग्रह) –२०७७ उनका चर्चित एकल कृतिहरु हुन् । साहित्य, समाजसेवा र राजनीतिमा समेत क्रियाशील जिज्ञासु कल्पना फाउन्डेसनकी अध्यक्ष, विश्व नेपाली साहित्य महासंघकी सदस्य तथा नेपाल शाखाकी अध्यक्ष र प्रगतिशील लेखक संघकी राष्ट्रिय परिषद् सदस्य हुन् । झण्डै १५ वर्ष वैदेशिक रोजगारीका क्रममा इजरायलमा बिताएकी जिज्ञासुको पहिलो विवाह २०५२ सालमा गैंडाकोट नवलपुरका विष्णु पौडेलसँग भएको थियो । विष्णु तर्फ जिज्ञासुका विकल्प शर्मा र संकल्प शर्मा गरी दुई छोरा रहेका छन् । विकल्पको एक वर्ष अघि विवाह भएको थियो र अहिले छोराबुहारी दुवै अष्टेलियामा रहेका छन् भने कान्छा छोरा आइटी अध्ययनको सिलसिलामा हाल लण्डनमा रहेका छन् ।

पहिलो सम्बन्ध सुमधुर हुन नसकेपछि विष्णु र कल्पनाले २०७४ सालमा कानुनी प्रक्रिया पु¥याएर सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि कल्पनाले एकल जीवन चलाउँदै आएकी थिइन । ऋषिराम सापकोटा र कल्पना पौडेल ‘जिज्ञासु’ले अहिले दुवैका छोराछोरी तथा आफन्तजनहरुको आग्रह, सल्लाह र पूर्ण सहमतिमा दुवै जना नयाँ वैवाहिक जीवनको सहयात्रा गर्ने निर्णय लिएका हुन् । यस विवाहबाट समाजका एकल महिला तथा पुरषहरुलाई एउटा प्रेरणादायी सुखद सन्देश मिलेको छ । एक उदाहरणीय जोडी बनेर यस जोडीले देश र दिनदुखी गरिब जनताको पक्षमा पनि निरन्तर योगदान पु¥याउँदै जाओस् । ऋषिराम सापकोटा तथा कल्पना पौडेल जिज्ञासुको यो नयाँ जोडीलाई हाम्रो पनि सफल दाम्पत्य जीवनको हार्दिक शुभकामना ।