१८ बर्षिया सपना रोका मगर बिबिसीको २०२० को प्रभाबशाली १०० जना महिलाको सूचिमा

राम कुमार श्रेष्ठ,

बेवारिसे परेका शव जलाउने काम गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् ।

अहिलेसम्म ३८ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी सपना पढाइ राम्रो भएकी पुल्पुलिएकी कान्छी छोरी भएकीले चाहिएका सबथोक आमाबाले पुर्‍याइदिन्थे । कालेज पढ्न बेनी आएकी उनी आफूसंग भएको पैसा साथीहरुको समस्या टारिदिने काममा प्रयोग गर्ने गर्थिन । यसै बीच बुवा मान्ने गरेकी युवकसंगको सम्बन्धका कारण भागेर बुटवल पुगेकी सपनाको सम्बन्ध बिग्रिएपछि सडकमा जीवन बिताएकी सपनाको जीवनमा अनेकन मोडपछि बिनयजंगसंगको सम्पर्कपस्चात बेवारिसे शव जलाउने काममा लागिन ।

सपना पूरा गर्न नसकेर बेवारिसे भएकाहरू, पशुपतिमै मागेर खानेहरू, बाटो बिराएर अन्जान ठाउँमा आई मरेकाहरू सबैको मृत्युसंस्कार गरेर उनीहरूको आत्मा शान्त पार्ने काममा उनी गर्ब महसूस गर्छिन ।

उनी यो काम विस्तार गर्न चाहन्छिन्। उनीहरूले २३ जिल्लामा एक्सन फर सोसियल चेन्ज, बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा खोलिसकेका छन् र यस्लाई ७७ वटै जिल्लामा यस्ता शाखा विस्तार गर्ने प्रयाशमा छन उनीहरु ।

१२ सम्म मात्रै पढाइ पूरा गरेकी सपना कोरोना भाइरसको महामारी अन्त्यपछि पढ्ने योजना बनाए तापनि यो काम भने नछाड्ने निधो गरेकी छिन् ।

बेवारिसे हुनुको मुख्य कारणमध्ये लागुऔषध एउटा रहेछ भन्ने उनीहरूले पत्ता लगाएकाले अहिलेसम्म दुइटा लागुऔषध सुधारगृह पनि खोलेका छन् र यसको पनि सबै ठाउँमा विस्तार गर्ने योजनामा छन उनीहरु ।

अपहेलित कामलाई मर्यादित कामको रुपमा रुपान्तरण गर्दै प्राप्त गरेको यो अपार सफलताको लागि सपना रोका मगरलाई हार्दिक बधाइ!!!