भ्रष्टचार बिरुध्द अभियानमा सकृय ‘हाम्रो नेपाल हामी नेपाली’ पहिलो भक्तपुर जिल्ला भेला सम्पन्न

काठमाडौं ७ मंसीर । भ्रष्टचार बिरुध्दको मुद्दामा सकृय रुपले क्रियाशिल संस्था ‘हाम्रो नेपाल हामी नेपाली’ पहिलो भक्तपुर जिल्ला भेला सम्पन्न भएको छ । संस्थाका केन्द्रिय संयोजक ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मदन कृष्ण किजुको संयोजकत्वमा ६ सदसिय भक्तपुर जिल्ला समिति गठन गरेको छ । जसमा संयोजक मदन कृष्ण किजु, उप संयोजक बाबुराम गर्तौला, सचिव अनिल त्वयना, सहसचिव ईश्वर मल्ल ठकुरी, कोषाध्यक्ष शर्मिला किजु लगायतका सदस्यहरु रहेको छन् ।

केन्द्रिय सल्लाहकार समेत रहनु भएका भिमसेन मैनालीको पहलका गठित भक्तपुर जिल्ला समितिमा बिक्रम तज, अनिल बाराना, रञ्जन कायस्थ, सुशान्त सुवाल, समिर बराल, रविन धौवन्जर, श्यामकृष्ण त्वयना, उपेन्द्र पाठक, संजिव लामा, रवि शाक्य, सगुन सैंजु, हिमाल श्रेष्ठ, कुमार श्रेष्ठ, सानुकान्छा शाख, निमा लामा, विकास शाख, सविना सिल्पकार, प्रमिला त्वयना, निरकृष्ण किजु लगायतका सदस्य रहनु भएको छ ।