जिप दुर्घटना हुदा बैतडीमा ५ जनाको मृत्यु ४ घाइते !

काठमाडौं । भारतबाट पेन्सन बुझेर फर्कंदै गरेको जिप बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

आज दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरको जिप सडकबाट एक सय मिटर तल खस्दा उक्त घटना भएको हो ।

ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिकाको जर्गगाउँका भगिरथ पाण्डे, देहिमाडौंका कृष्ण लावड, बस्कोटकी पावर्त चन्द र अर्की पार्वती चन्द र सुनर्या गाउँपालिकाकी कलावती चन्द छन् । घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनामा जीप चालक गोपाल कार्की फरार भएपछि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।