बुधबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

१। बुधबार जन्मेका व्यक्तिहरु शान्त, चलाख र बिजनेश माइन्डका हुने गर्दछन । २। बुधबार जन्मेका व्यक्तिहरु जीवनमा योजना नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहने हुन्छन।

३। बुधबार जन्मेका व्यक्तिहरु सफा र स्वच्छ विचारधाराका मालिक तथा निकै प्रभावशाली हुन्छन । ४। बुधबार जन्मेका व्यक्तिहरु नयाँ–नयाँ कुराहरु जान्न निकै मन पराउछन।

५। बुधबार जन्मेका व्यक्तिहरु कुनै पनि कुरामा त्यति तनाव नलिने भएकाले जीवनमा निकै सन्तुष्ट हुन्छ । ६। बुधबार जन्मेका व्यक्तिहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।

७। बुधबार जन्मेका व्यक्तिहरुलाई कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैन । ८। बुधबार जन्मेका व्यक्तिहरु निर्णय गर्नु अघि दोधारमा पर्छन। छिटो निर्णय गर्न असक्षम हुन्छन ।

९। बुधबार जन्मेका व्यक्तिहरुले आफ्नो पार्टनरलाई भद्र व्यावहार गर्ने भएकाले वैवाहिक जीवन निकै सुखी हुने गर्दछन । १०। बुधबार जन्मेका व्यक्तिहरु तीब्र बुद्धि हुने भएकाले प्रायः शैक्षिक क्षेत्रमा सफल हुन्छन ।