शनिबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु – शनी देबले सबैको कल्याण गर्नुहोस !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

१। शनिबार जन्मेका व्यक्ति निकै शहनशिल, गम्भीर र जिम्मेवार हुने गर्दछन । २। शनिबार जन्महुने व्यक्तिहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट बन्ने प्रयास गर्छन ।

३। शनिबार जन्महुने व्यक्तिहरु उच्च स्तर वा क्लास वस्तुहरु मनपराउने हुन्छन । लगाउने लुगादेखि जुत्तासम्मले यिनीहरुको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४। शनिबार जन्महुने व्यक्तिहरु सफा मनका हुन्छन, कसैलाई पनि ठेस पुर्याउन नचाहाने तर स्पष्ट वक्ताको रुपमा आफ्नो भावना व्यक्त गर्न सक्षम हुन्छन ।

५। शनिबार जन्म हुने व्यक्ति कुनै पनि सम्बन्ध लाई निकै महत्व दिन्छन। चाहे साथीभाई होस वा परिवारका सदस्य उनिहरुका लागि जे पनि गर्न तयार हुन्छन । ज्यान पनि दिन सक्छु भन्ने हिम्मत हुन्छ । ६। शनिबार जन्महुने व्यक्तिहरु आर्थीक मामलामा जिम्मेवार हुन्छन । आफ्नो आम्दानी र खर्च बिच समन्वय गरि भविष्यका लागि बचत गर्ने प्रवृत्तिका हुन्छन ।

७। शनिबार जन्महुने व्यक्तिहरु लाई गित संगीत एवं खेलकेदमा एकदमै रुची हुन्छ । यस क्षेत्र बाट आफ्नो छुट्टै पहिचान बनाउन सक्षम हुन्छन । ८। शनिबार जन्महुने व्यक्तिलाई हत्तपत्त रिस उठ्दैन वा देखाउँदैनन तर रिस उठेपछि नराम्रो सँग उठ्छ र गलत कुराहरुलाई सहन नसक्ने हुन्छन । यस्तो अवस्थामा उनिहरु लाई झगडा गरेर कहिलै जित्न सकिदैन सम्झाएर नै अगाडी बढ्नु उत्तम हुन्छ ।

९। शनिबार जन्म हुने व्यक्तिको नेतृत्व गर्न सक्ने क्षमता उच्च हुन्छ । सामाजिक एवं राजिनितीक क्षेत्रमा काम गरि उच्च स्तर मा पुग्न सक्षम हुन्छन । । १०। शनिबार जन्महुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुन्छ किनभने आफ्नो जिवनसाथी लाई राम्रो केयर गर्ने र हरेक किसीमले खुशी राख्ने उनिहरुको चाहना हुन्छ ।