चर्चित सर्जक तथा गायक दिपक बसन्त कार्की र समिक्षा अधिकारीले आवाज दिएको दोहोरी गीत हिरो हिरोइन चर्चामा

लोकप्रिय गायिक समिक्षा अधिकारी र दिपक बसन्त कार्कीको आवाज रहेको नयाँ गीत हिरो हिरोनी भर्खर मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको एकै रातमा गीतले राम्रो प्रतिक्रिया सहित करिव एक लाख दर्शक समेत बनाएको छ । गीतलाई दिपक आफैले लय तथा शब्द सिर्जना गरेका छन भने काजीश श्रेष्ठले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन ।

पल शाह र दीपिका प्रसाइको अभिनय रहेको सो गीतलाई दीपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

गीत सार्वजनिक भए पछि हामीसँग कुरा गर्दै गायक तथा सर्जक दिपक बसन्त कार्कीले गीतलाई छोटो समयमै सबैबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।