नारायणकाजी श्रेष्ठद्वारा गोर्खा लाइभको उद्घाटन

नेपाली संचार क्षेत्रमा निष्पक्ष समाचारबाट सुसूचित गराउने उदेश्यले आज गोर्खा लाइभ अनलाइनको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उद्घाटन गर्नुभएको छ भने कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन”अमर” लाई नारायणकाजी श्रेष्ठद्वारा उक्त कार्यक्रममा “गोर्खा लाइभ सम्मान-२०७७” बाट सम्मानित गरिएको छ । कार्यक्रममा नारायणकाजी श्रेष्ठबाट अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमको सभापतित्व दिपक गुरुङले गर्नु भएको थियो भने प्रमुख अथिती नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको थियो । अथितिमा साहित्यकार सुरेन्द्र महर्जन”अमर” गोर्खा लाइभ डट कमको सफलता एवं उन्नतिको कामना गर्नु भयो । कार्यक्रममा पत्रकार तथा कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम संचालन पत्रकार बिनिता क्षेत्रीले थियो ।