जिल्ला तहसम्म पुग्यो नेकपा विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी, हेर्नुहोस मंसिर ७ गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लासम्म आइपुगेको छ ।

पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।
उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछि्रंखलता देखाएको बताए । हेर्नुहोस मंसिर ७ गतेका मुख्य समाचारहरु :