सामाजिक अभियन्ता अपरा थापा भट्टराई अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को जूरी सदस्यमा चयन

विजय थापा । सामाजिक अभियन्ता अपरा थापा भट्टराईलाई १० औ अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को जूरी(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयन संगै नेपालबाट अपरा उक्त समितिमा परेकी हुन् ।

यो पुरस्कार मानव अधिकार परिषदको सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो। यो व्यक्ति,विश्व शान्ति नेताहरू,व्यवसाय नेता,संस्था,संगठनहरूलाई जसले मानवअधिकार र मानवतामा सेवाको संरक्षण र प्रबर्द्धनको लडाईमा असाधारण नेतृत्व देखाउँदछ उसलाई प्रदान गरिन्छ ।

अपारा थापा भट्टराई नेपालकी एक युवा गतिशील सामाजिक कार्यकर्ता हुन् जसले शिक्षाको प्रचार र राष्ट्रमा अभावग्रस्तमा परेकालाई सेवा प्रदान गरि रहेकी छिन । उनी राष्ट्रकी एक युवा प्रतिक हुन् । उनि “अन्तर्राष्ट्रिय साहसी महिला २०१९ ” बाट पुरस्कृत भै सकेकी छिन ।

२०२० को लागि कसले मानवीय पुरस्कार पाउने भन्ने निर्णयका लागि भट्टराईसँगै विश्वका विभिन्न स्थानका बौद्धिक मानिस हुनेछन्। जस्मा प्राध्यापक डा जाहिद हक-मलेसिया, डा बिन्नी सरीन-भारत, डा एन्थोनी राजू-भारत, डा जुन एन-भारत, टेस मार्टिन-अष्ट्रेलिया, डा अमीन अली- संयुक्त राज्य अमेरिका, नुनो अलेक्जान्ड्रे-पोर्तुगल र डा जोन ह्यारिसन-भारत उक्त निर्णायक समितिमा रहेका छन ।

स्विटजरल्याण्ड र बेलायतबाट उच्च अध्ययन गरेकी अपरा थापा पौष्टिक दिवा खाजा/खाना कार्यक्रम महामारीको समयमा पनि निरन्तर बिद्यालयका बालबालिकाहरु र खाधन्य जुटाउन नसकेका परिवारलाई अहोरात्र खटिई व्यवस्था गरि रहेकी छिन ।