यहि जीवन यहाँ एक हाट हो भने यहि जीवन यहाँ एक घाट हो !

स्कटनेपाल,
बेलायतमा बस्दै आउनु भएको जानकी पन्त ज्यु को फेसबुक स्टाटस एउटा मन छुने लेख :

पन्त लेख्नु हुन्छ : यहि जीवन यहाँ एक हाट हो भने यहि जीवन यहाँ एक घाट हो ! यहि जीबन यहाँ बनबास हो भने यहि जीबन आत्मसाथ् हो! यहि जीबन नमिठो आभाष हो भने यहि जीबन सुगन्धित सुबाश हो ! यहि जीबन दुख पिडाको रुहावाट हो भने यहि जीबन शुन्दर सजावट हो! जीउन जाने यहि जीबन स्वर्ग छ, नजाने यहि जीबन यहाँ नर्ग छ ! सजाउन सके यहि जीबन सम्पन्न छ, नसके यहि जीबन यहाँ विपन्न छ ! आधा प्राप्ती र आधा प्यास मा यहि जीबन यहाँ अपूर्ण छ, तैपनि बाच्न पाउनु मै यहि जीवन यहाँ सम्पूर्ण छ !

ओइलि जाने फूल मात्र होइन जीबन, हुरी, बतास, घाम पनि खाएर बाच्ने धैर्यताको मूल पनी हो ! आकाशमा बिलाई जाने तारा मात्र होइन जीबन, निल अम्बरको चम्किलो जून पनि हो ! कणको तरंग मात्र होइन जीबन, नदीमा उठ्ने लहर पनी हो ! पानीको एक बूद मात्र होइन जीबन, सिंगो बिशाल सागर पनी हो! बाध भित्र रुकेको पानीको ठहराव मात्र होइन जीबन, अविरल वगिरहने पबित्र गङ्गा पनि हो! सिसिरको उराठिलो मौसम मात्र होइन जीबन, बसन्तको अदभुत सुन्दरता पनि हो ! संघर्षमा घेरिएको तितो आभास मात्र होइन जीबन, सृष्टीको अनुपम बरदान पनि हो ! औशिको कालो रात मात्र होइन जीबन, बिहानीको सुनौलो सुप्रभात पनि हो !

धन्यबाद, सबैमा शुभदिनको कामना ??