एनआरएनए “कोभिड १९ हिरो अवार्ड” अस्वीकार

दोहा । एनआरएनए एनसिसि कतारले बितरण गरेको “कोभिड १९ हिरो अवार्ड” बिवादमा परेको छ । हिरो अवार्ड पाउने ब्यक्तिले नै आफू यसको हकदार नभएको पोस्ट सामाजिक सन्जालमा आए पछि एनसिसिले बितरण गरेको अवार्ड माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

कोरोनाले कतारमा रहेका नेपालीहरुको जनजीवनमा निकै समस्याहरु निम्त्याएको थियो । यस अबस्थामा एनसिसिको नेतृत्वमा कतारका नेपाली समाजहरुले गरेको सहयोग र सहकार्यको जति तारिफ गरे पनि कमि नै हुन्छ । काम र सहयोगमा खटिएकाहरुलाई अवार्ड दिएर हौसला दिनु राम्रो हो । तर अवार्ड पाउने ब्यक्तिले लिन नै नसक्ने गरि बितरण गर्दा एनसिसिले केका लागि यो अवार्ड बितरण गरेको होला । यसरी अवार्ड बितरण गरि एनसिसी कतारको नेतृत्वले सस्तो लोकप्रियताको कमाउन खोजेको त होइन । यस्ता अवार्ड एनसिसिले सयौं जनालाई बितरण गरेको छ, के सबै हिरो अवार्डका हकदार होलान र?

त्यसै पनि पछिल्लो समय कतारबाटै प्रतिनिधित्व गरेका बहालवाला एनआरएनएन का मध्यपुर्व संयोजक पनि विवादिद बनेका छन । त्यसैलाई साथ दिन कतारको एनसिसि समेत लागी परेको अबस्थामा कतारको एनआरएनए को महत्व माथी नै संका उब्जाएको छ ।

बिश्व भरी नै कोरोनाको महामरीको खतराको कमि महसुश भएको छैन, अझै नेपालमा त दिन प्रतिदिन वृद्धि भएको अबस्थामा छ ।