मधुमेह (सुगर)का बिरामी कोरोनाको उच्च जोखिमा, यी हुन् सुगरका बिरामीले गर्ने नहुने गल्तीहरु (भिडियो सहित)

आज बिश्व मधुमेह दिवस , हरेक बर्ष नोभेम्बर १४ का दिन बिश्व मधुमेह दिवस मनाईन्छ । भनिन्छ प्रत्येक १२ जनामा १ जनालाई मधुमेह हुन्छ । मधुमेह अर्तात सुगर (चिनी) रोग । बरिष्ठ मधुमेह थाईराईड तथा हर्मन रोग बिशेषज्ञ डा. नरेश पराजुलीका अनुसार धेरै रोगहरुको कारण मधुमेह हो । अझ पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमणका कारण मधुमेहका बिरामीहरु उच्च जोखिममा रहेकोले सर्तक रहन समेत आग्रह गर्नुभयो ।

मधुमेहलाई समयमै निराकारण गर्न सकिएन वा नियन्त्रण भएन भने अपाङदेखी आँखाको ज्योती समेत गुम्ने संभावना रहेकाले बेला बेलामा बिशेषज्ञ डाक्टरको परामर्श लिनुपर्ने र भरपर्दो प्रयोगशालामा मधुमेह परिक्षण गर्नुपर्ने उहाँको सुझाब छ । हेर्नुहोस् डा. पराजुलीसंग गरिएको कुराकानी |