यसपालीको तिहारमा देउसीभैलो खल्नेहरुलाई कारबाही गरिने

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आसन्न तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।

कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जरुरी सूचना जारी गर्दै ‘देउसीभैलो जस्ता कार्यक्रमहरूको आयोजना नगर्नु, नगराउनु एवं भीडभाडजन्य गतिविधिहरू नगर्नु हुन’ जानकारी गराएका छन् ।

चाडपर्वहरू मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन समेत सूचनामा जानकारी गराइएको छ ।