नेवारी खानाको पारखीहरुको लागि थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार

काठमाडौँ – नेवारी खाजा राजधानीबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै गएको छ ।

उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति त सायदै होला । नेवारी खाजाघर विस्तारै ब्राण्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ । नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको पाइँदैन । अधिकांश नेवारी जाति बाक्लो बस्ती रहेको उपत्यकामा यसको ग्राहक बढ्दै जानु स्वभाविक नै हो । साना होटलदेखि रेष्टुराँसम्ममा यसको व्यापार बढ्दै गइरहेको छ । यहाँ बसेर केही हुदैन भन्नेको लागि पनि राम्रो व्यवसायको रुपमा लिइने गर्दछ नेवारी खाजा घर । यो व्यवसायबाट नै नाम र मनग्य आम्दानी कमाइरेहका छन् नेवारी रेष्टुरा र होटलहरूले । यसमा विदेशी पर्यटक भन्दा नेपाली ग्राहकको आकर्षण नै बढी रहेको छ । करिब ८५ प्रतिशत नेपाली समुदाय नै नेवारी खाजाप्रति आकर्षित भएको पाइन्छ ।

काठमाडौँको चाबहिल बाट ५ किलोमिटर मात्र टाडा रहेको गोकर्ण भैरबचौर सुन्दरीजल जाने बाटोमा रहेको थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बारमा ग्राहकको मोह अहिले बढ्दै गएको छ । नयाँ पुस्तालाई लक्षित गर्दै शुक्रबार मनोरञ्जनसम्बधि विविध कार्यक्रमहरू सञ्चालनमा समेत ल्याएकोलेपनि रेस्टुरेण्टको आकर्षण बढ्दै गएको छ । यसका साथै परिवारजनसँग जाने ग्राहकको पनि उपस्थिति बढी मात्रामा रहेको देखिन्छ । तर नेवारी खानामा भने सम्पूर्ण वर्गलाई समेटिएको पाइन्छ । यहा नेवारी खाना मात्र नभएर अन्य नेपाली, कनटिनेण्टल खाना समेत पाइने जानकारी यस रेस्टुरेन्टकि संचालिका हिरा देबी श्रेष्ठले गराईन।

थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार ग्राहकको रोजाइमा पर्न पुगेको एक नेवारी रेष्टुरेन्टमध्ये पर्दछ । थ:छे को अर्थ माइतिघर तथा अर्को अर्थमा आफ्नै घर रहेको समेत हिरा देबी श्रेष्ठले बताइन। यहाँ नेवारी चलनअनुसार खाना खुवाइन्छ, त्यसैगरी ग्राहकको पनि सेवा गरिन्छ र त्यही अनुसार नेवारी खाजा तयार गरिन्छ । यहाँ विभिन्न क्षेत्रबाट ग्राहकहरू नेवारी खाजाको स्वाद लिन र नेवारी संस्कृतिको बारेमा बुझ्न आउँछन् । नेपालीहरूमात्र नभएर विदेशी पर्यटकहरू पनि नेवारी खाजाप्रति आकर्षित भएर खाजा खान आउने गर्दछन् ।

नेवारी खाजाका साथसाथै नेवारी संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको श्रेष्ठको भनाइ छ । थ:छेमा विशेषगरी समयबजी, चटामरी, छोइला, बारा, खाजा सेट, ऐला, थो, योमरी, हाँसको छोइला लोकल रक्सी मसला हालेको बढी मात्रामा व्यापार हुने पनि उनले बताइन । थ:छेको वातावरण रमाइलो र शान्त छ, त्यसैले परिवारहरू धेरै मात्रामा आउने गर्दछन् र मनोरञ्जन अनि खाजाको स्वाद लिन पनि जान्छन् ।