कोरोनाका कारण आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र, आज पनि उत्तीकै माया गर्छु, मनोजको अवस्था सुधार हुदैं । (भिडियो सहित)

हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण सिकिस्त रहेका बेला पूर्व पत्नी मीना ढकाले पत्र लेखेकी छन् । जुरेलको अवस्था गम्भीर भएपछि आज बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल आइसीयूमा राखेर उपचार भइरहेको बेला उनलाई पूर्व पत्नी मीनाले फेशबूक मार्फत मायाँरुपी शब्दहरु खर्चिदै पत्र लेखेकी हुन् । लोकप्रीय हास्य कलाकारका रुपमा स्थापीत गजुरेललाई उनका धेरै सुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । गजुरेलको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी भने आफैले सामाजिक सञ्जाल मार्फत दिएका छन । उनले फेसबुकमा लेख्छन । आराम छु आरामताको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्त्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था बुधबारबाट गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले बताएको छ । हेरौ उनकी पूर्व पत्नी मिना ढकालले लेखेको मनहुने पत्र भिडियोमा ।।