सिरियलमा बादरको चकित पार्ने अभिनय,चिबे कोपालाई दियो सजाय,प्रहरी,कालीबुढी र ल ल परे छक्क “हास्नु हुन्न है” (भिडियो सहित)

हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” छोटो समयमा निकै चर्चा बटुल्न सफल भएको छ । यसको नयाँ भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक गरिएको छ । दशै विशेष भागदेखि दोबाटे छाडेर प्राय सबै कलाकारहरु हास्नु हुन्न है मा आएपछि झनै चर्चामा रहेको छ । दोबाटेमा प्राय कलाकारहरु टिकेको देखिदैन अनि युटुबमा क्रमशः दर्शकहरु घट्दो क्रममा रहेको पाइन्छ ।

यो हप्ता इलामका सिंह प्रसाद लिम्बू र पुजा लिम्बु अर्थात बुढेसकालमा 21 बर्षकि युवती बिहे गरेर चर्चामा आएको भाइरल जोडीले अनि बादरले पनि पहिलोपटक सिरियल हास्नु हुन्न है मा सबै चकित पार्ने अभिनय गरेर देखाएका छन । विभिन्न सिरियलमा अभिनय गरिसकेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) ले लेखेको अनि निर्देशन गरेको सिरियलमा पहिलोपटक वृद्ध उमेरमा कलिली केटि बिहे गरेर चर्चामा आएका लिम्बू भाइरल जोडिले समेत अचम्मको अभिनय गरेका छन ।

यो देखेर सबै छक्क परेका छन । पुर्ब झापामा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि छुट्टै आनन्द आउँछ । यस टेलिसिरियलमा निर्देशक तथा कलाकार आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत ज्योती अधिकारी (मुखाले प्रहरी),कल्पना पान्डे (कालीबुढी),दोबाटेमा निकै चर्चामा रहेकी ए ल ल थेगोबाट हिट भएकी आरती, सिला उप्रेती (बोजु),गणेश भट्टराई(कागे),श्याम गिरि संतोष किराती,देब लिम्बू,मन्जु लिम्बू, साथै टिकटकबाट चर्चामा आएकी सल्लु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ ।

यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । दशै स्पेसल यो हप्ताको भाग १२ युटुबमा सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । दोबाटे बाट निस्किएपछि समीर सुवेदी र आइन्द्र लिम्बुले आफैले हास्नु हुन्न है नामक सिरियल तयार पारेका थिए अहिले सबै कलाकार उनिहरु सङ्गै आएका छन ।

अघिल्लो हप्ता चिबे र कोपाले कालीबुढिकी छोरी आरती अर्थात ल ल लाई बलात्कार गरेपछी सधै छुट्टी मागिरहने मुखाले पुलिसले चिबे कोपा र भाइरल बाजेलाई रामधुलाइ गरेका थिए । आजको भागमा दर्शक हासेर हुरुक्कै बनाउने कथाबस्तु अनि बादरको अभिनय र प्रस्तुति रहेको छ । नाम हास्नु हुन्न है भएपनी बादरले कोपा र चिबेलाई जेलमा सजाय दिएर पेट मिचीमिची हसाउने छ । तलको भिडियोमा हेर्नुहोला ।