गाँजाको विषयमा विवाद हुँदा साथीको ज्यान गयो , हदैसम्मको कार्वाहीको माग (भिडियोसहित)

झापा । ब*ञ्चरो प्र**हार गरी साथीको ह***त्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।

गत बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी ह**त्या गरिएको अवस्थामा श*व फेला परेको थियो । यस बिषयमा चौधरीकी श्रीमतिले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गरेकी छिन् । एक जनाले मात्र हत्या नगरेको उनको दाबी छ । थप भिडियो रिपोर्ट |