हस्पिटलमा पैसा तिर्न नसकेर सुत्केरी आमा अलपत्र, २२ दिनको बच्चाको बिजोग ( हेर्नुस् भिडियो )

काठमाडौ । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु बच्चाको अधिकार हो । तर एक जना महिला सुत्केरी भइन् । उनको स्वास्थ्य अवस्था कमजोर भयो । बच्चा जन्मनु भन्दा अगाडी नै खुट्टा नचल्ने समस्या थियो । बच्चा जन्मिएपछि पनि उनी अहिले अस्पतालमै छन् । तर सानो बच्चा अहिले घरमा छ । घरमा बच्चा जन्माइन् ।

तर आमा र बच्चा दुवैजनाको खुट्टा समेत चलेन । तीन दिन सम्म पनि त्यो समस्या नहटेपछि दमक स्थित अस्पताल लिएर गएको छ । सो अस्पताले फिर्ता पठाइदिएपछि नोवेल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार गरेपछि त्यो उपचार खर्च समेत तिर्न नसकेपछि सुत्केरी अस्पतालमै छन् । करिब ५ लाख भन्दा बढी उपचार खर्च लागेको परिवारका सदस्यले बताएका छन् । तर उपचार गर्ने पैसा नभएका कारण उनलाई घर ल्याउने तयारी गरिएको छ । तर डिस्चार्ज गर्ने पैसा नभएका कारण उनी घर आउन पाएकी छैनन् ।

बच्चा जन्मिएको ३ दिन देखि नै छिमेकीले उनको नवजात शिशु हुर्काइरहेकी छन् । कोठा भाडा तिर्ने पैसा नभएका कारण समस्यामा परेका उनीहरु अहिले सुत्केरी आमाको स्वास्थ्यका कारण पनि थप खर्च गर्नुपर्ने देखिएको छ । गर्भवती अवस्थामा पोसिलो खानेकुरा खान नपाएका कारण उनलाई समस्या आएको अस्पतालका चिकित्सकले जनाएका छन् ।