भिक्टोरिया सरकारले जारी गरेको नियमको सीमाभित्र रहेर दशैं टीका

विस्व महामारीको रुपमा देखा परेको कोरोनाका कारण विस्व ठप्प जस्तै भैराखेको कारण टाँढा टाँढाको यात्रा गरेर पनि अग्रज र मान्यजनको हातबाट टीका ग्रहण गरेर आशिर्बाद लिन ब्यस्त हुने दशैं पनि प्रभावित भएको छ । संसारभरी छरिएर रहेका नेपालीहरुले मनाउने गरिएको यो दशैं पनि कत्तिले पुरानै फोटोलाई पुन: संझिदै मनाए ।

अस्ट्रेलियाको बिभिन्न स्टेटमा कोरोनाको अवस्थानुसार फरक फरक सीमा सहितको नियमहरु जारी गरिएको छ । भिक्टोरिया स्टेटको दुर्गमलाई छाडेर मेलबर्नमा अझै पनि कढाइ कायमै भएकोमा लामो समयदेखि जारी गरिएको यो कढाइलाई अब बिस्तारै खुकुलो गरिंदैछ ।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिले भिक्टोरिया सरकारले दुर्गम क्षेत्रको लागि जारी गरेको नियमको सीमाभित्रै रहेर दसैंंको टीका कार्यक्रम आयोजना गरेको छ । ग्रेटर जिलोङ नेपलिज कम्युनिटिका अध्यक्ष वरिष्ठ बैज्ञानिक डा. सन्तोष पाण्डेसंग अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेती लगायत जिलोङमा बसोबास गर्ने बिभिन्न परिवार र बिद्यार्थीहरुले नियम पालना गर्नका लागि समय मिलाएर टीका ग्रहण गरे ।

जिलोङमा ऐतिहासिक रुपमा दसैंं मनाइने गरिएकोमा यो अफ्टेरो अवस्थामा पनि हाम्रो सांस्कृतिक परंपरालाई निरन्तरता दिन भिक्टोरिया सरकारले जारी गरेको नियमको सीमाभित्र रहेर बिभिन्न ब्यक्ति र परिवारसंग राम्रो समन्वय कायम गरी समय मिलाउँदै दसैंं मनाएकोमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले ग्रेटर जिलोङ नेपलिज कम्युनिटि परिवारलाई हार्दिक बधाई एबं धन्यवाद दिएका छन ।