समिक्षा अधिकारी र नरेश खातीले गाएको ‘पिपलू वर’ भाइरल

काठमाडौं । ‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ गीत गाएर दर्शकश्रोताको मन जित्न सफल जोडी नरेश खाती र समिक्षा अधिकारीको संयुक्त आवाजमा ‘पिपलू वर’ भर्खरै सार्वजनिक भएको छ ।

खाती र अधिकारको संयुक्त आवाजमा रहेको दोस्रो गीत पिपलूवर भिडियोसहित सार्वजनिक भएको हो । गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।

‘चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?’ गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत समर्वजनिक गरिएको हो ।

अघिल्ला गीतहरुलेजस्तै यो गीतलेपनि दर्शकश्रोताको मन जितोस हाम्रो शुभकाना ।