टेक्ससको एचडिएनपिद्वारा आयोजित घरबार बिहिन कोषवृद्धि समारोह ऐतिहासिक सफलताका साथ सम्पन्न,५ हजार डलर सङ्कलन

विजय थापा ,डिसी । महामारीमा हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (एचडिएनपि)द्वारा घरबार बिहिनको लागि आयोजित कोषवृद्धि समारोह कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको छ ।

गत अक्टोबर २४ शनिबारका दिन आयोजना गरिएको मेक होमलेस इनडिपेनडेन्ट फन्ड रेजिङ्ग गाला (घरबार बिहिनको लागि स्वतन्त्र कोष वृद्धि बनाऔ )भन्ने नारा दिइएको उक्त समारोह अभूतपूर्व हुन् पुग्यो ।

अपेक्षा भन्दा ज्यादै सहभागिता रहेको उक्त गाला(उत्सव)ले टेक्सस वरपर घरबार बिहिनको लागि आर्थिक सहयोग जुटाउन सफल भएको छ । बिशेष गरि नेपाली समुदायको साथै बिदेशी अतिथिहरुको सहभागिताले अझ आयोजक उत्साहित भएका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुने राज्य मध्ये कै एक राज्य टेक्ससको ड्यालस नजिक अर्भिङ्ग शहर स्थित हिल्टन गार्डेन इन् /डिएफडब्लु साउथमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको नाम नै गाला -मेक होमलेस इनडिपेनडेन्ट फन्ड रेजिङ्ग गाला (घरबार बिहिनको लागि स्वतन्त्र कोषवृद्धि बनाऔ )रहेको उक्त समारोहमा करिव १३० जनाको उपस्थिति रहेको थियो ।

कूल आम्दानी १५ हजार ९ सय ३ डलर भएको थियो भने खर्च १० हजार ३ सय ८५ डलर भै संस्थाको हातमा कूल ५ हजार ५ सय १८ हात लागेको आयोजकले बताए । एचडीएनपी अन्तरराष्ट्रियको तर्फबाट संस्थापक/प्रमुख कार्यकारी अधिकारी(सिईओ )देवी डेविड आचार्यले स्वागत गरेका थिए भने उक्त कार्यकमको लागि बिदेशी तथा नेपालीहरुले सौजन्यकर्तालाई बिशेष धन्यवाद दिए ।

सौजन्यकर्ताहरुमा मध्ये प्रोजपेरिटी बैंकका ब्रेट बेल ,सुप्रिम ट्याक्स एण्ड फाईनान्सका संचालक कमल शर्मा तथा सरिता शर्मा ,न्यायधिश मेगन फाहे तथा न्यायाधिश प्याट्रिका बाकाबेनेट लगायत दर्जनौ रहेका थिए ।

समारोहका प्रमुख अतिथि आर्लिंगटन लाइफ शेल्टरका कार्यकारी निर्देशक जिम रिडर रहेका थिए भने गालाका सभापति ब्रेट बेललाई बनाईएको थियो । समारोहमा रातो गलैचा सहित कार्यक्रमको सुरुवात बेलीनिज नृत्य समूहको प्रस्तुति रहेको थियो ।

कार्यकममा स्वयम् को तस्बिर लिने समेत व्यवस्था गरिएको थियो भने सिखा खत्रीको बिशेष नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रममा सन् २०१९ र २०२० को लागि कम्मल सङ्कलन गर्ने कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गर्ने तथा युथ वर्ल्डका डार्ला शिर्ले तथा ग्लोरिया माथुरलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा हास्य प्रस्तुति गरिनुको साथै सुश्रिम आचार्यको नृत्य रहेको थियो । प्रमुख अतिथि ब्रेट बेलले केही शब्दहरु राख्नु हुदै कार्यक्रम समापन भएको थियो । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल(एचडिएनपि) नामक संस्थाले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना निशुल्क खुवाउने काम गर्छ ।

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदानको आयोजना गर्दछ l संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।