यादव पान्डेयको अभियान सुरु गर्दै गर्दा हामिले देखेको सपना कति पुरा कति अपुरा ।

सन्तोष गौतम,

-यादव पान्डेयलाइ जग्गा किनेर घर वनाइदिने । २-जिविकोपार्जनका लागि रु२देखि ५लाख सम्म वैक खातामा वचत गरिदिने । ३-विधालय संग समन्वय गरि नानिहरुको पढाइको व्यवस्था मिलाइ दिने ।

१- यादव पान्डेयको लागि डेढ रोपनि जग्गा किनेर भुकम्प प्रतिरोधि घर निर्माण सम्पन्न गर्नका लागि झन्डै १३ लाख खर्च भइसकेको छ । डोजर लगाएर जग्गा सम्याउने , घर सगै जोडिएको फराकिलो छुट्टै भान्सा कोठा तथा अपाङ्ग मैत्रि टवाइलेट वाथरुम तयार भएको छ। , वाइरिङ्ग तथा प्लम्विङ्गको काम चलिरहेको छ ।

हाम्रो सोच – हामिले गरेको कार्यलाइ दिर्घकालिन वनाउन हामिले यस्तो सोच बनाएका छौ । यो घर र जग्गा लाइ यादव पान्डेयले विक्रि गर्न नपाउने गरि लिखित गर्ने योजना वनाएका छौ । उनि पछाडि परिवारले भोगचलन तथा विक्रि वितरण गर्न पाउने गर्दा दिर्घकालिन रुपमा ठिक‌ हुन्छ जस्तो हामिलाइ लागिरहेको छ ।

२-जिविकोपार्जनका लागि रु ४लाख वैक खातामा वचत गरिदिने योजना अनुरुप हामिले हालसम्म वोलेका रकम प्राप्ति गर्यौ भने उनको खातामा रु ४लाख वचत गर्न सक्ने छौ । कृपा गरि हजुरहरुले दिनु पर्ने वा उठाएको संचित रकम #मंसिर मसान्त भित्र उपलव्ध गराइदिनु होला ।

हाम्रो सोच – यो पैसा साझेदारि खातामा वचत रहनेछ । उन्ले रकमको व्याज मासिक रुपमा पाउने व्यवस्था मिलाइने छ । उक्त रकमको सावा निकाल्नु परेमा यादव पान्डेय सहयोग अभियानका साथिहरु संगको सल्लाहमा अति अावस्यक भएमा मात्र निकाल्न दिने व्यवस्था मिलाइने छ । राज्यले दिने अपाङ्गता भत्ता र हामिले दिने व्याज गर्दा झन्डै मासिक नौ दस हजारको अाम्दानि जिवन भर हुदै गर्दा उन्को जिवन सुखमय वित्ने हामिले सोचेका छौ ।

३- दुइ वटा छोरि हरुको पढाइको लागि यादव पान्डेयले नानिहरुलाइ घर भन्दा वाहिर नपठाउने भन्नु भो । सत्यवति गा पा प्रमुख पारिस्वर ढकालले नानिको लालन पालन तथा पढाइको सम्पुर्ण जिम्मा लिने प्रस्ताव राख्नु भएको थियो ।त्यस्तै गरि कृष्ण कुवर जिवन मे हल रिडि गुल्मिले सोहि प्रकारको प्रस्ताव लिएर अाउनु भएको थियो तर यादव पान्डेयले नानिहरुको वारेमा घर भन्दा वाहिर पठाउने कुरामा सहमत हुन सक्नु भएन ।

हाम्रो सोच – हालको लागि जनता मा वि मा कुनै पनि फि नलिने व्यवस्थाका लागि व्यवस्थापन समितिका अध्यछलाइ अनुरोध गरिएको छ । यो अभियानका संयोजक घनस्याम पान्डेय अभिवावक संघको अध्यछ यो कुरामा लागिरहनु भएको छ ।ज मा वि ले नानिहरुको पढाइका लागि हाल सम्म छुट तथा छात्रवृति व्यवस्था गरिरहेर उनिहरुको पढाइको लागि सहयोग गरिरहेको छ ।

१० क्लास पास गरे पछि उच्च सिक्छाका लागि अमेरिकामा वसेर नेपालमा संस्था मार्फत वच्चा वच्चि पढाइ अाउनु भएकि पदमा प्रधानले जे पढे पनि पडाउने पढाइ सकीए पस्चात पछि ५ वर्ष सोहि संस्थामा निसुल्क सेवा गर्नुपर्ने भनि जानकारि गराउनु भएको छ ।राम्रो गरे भने हामि सहकार्य गरि उनिहरुको पढाइलाइ अार्थिक कारणले छोड्न नपर्ने गरि व्यवस्था मिलाउने छौ ।

एउटा अभियानमा हामि निरन्तर ८महिना खट्यौ उन्को जिवनसैलि परिवर्तन गर्ने प्रयास गर्यौ यति भइसक्दा पनि अझ सहयोग अाइदिए हुन्थ्यो भनेर मनले माग्नु स्वभाविक छ।
जस्ले यो रकम पठाउनु भएको छ लाला वाला छोडेर वैदेसिक यात्रामा गइ अाफ्नो लागि भनि दुख गरि कमाएको रकम हामिलाइ पठाइ यादब पान्डेय को सुखद जिवनको कल्पना गर्नु भो । उहाहरुले दिएको रकमलाइ दुरुपयोग गर्न नदिने र सहि ठाउमा खर्च गर्ने चुनौति नै थियो हामि यो कुरामा सफल रह्यौ भन्ने लाग्छ ।

यादव पान्डेयको दायित्व सरिरले कमजोर वनायो सो दायित्व उहाको अर्धाङ्गिनिमा सरेको छ । उहाको इच्छा अनुसार अन्य अाय अार्जनका लागि वाख्रा??? कुखुरा तरकारि विउ विजनको व्यवस्था गरिदिने छौ ।

जनता अावास कार्यक्रम मार्फत घर वनाउन रु ४ लाख विनियोजन गरिदिएर यो कार्यमा अगाडि वढ्न हौसला दिने सत्यवति गा पा प्रमूख नै हो। वडा अध्यछ ज्यु हजुरले नअाटेको भए हामि यो स्थानमा अाइ नपुग्दै सेलाउन पनि सक्थ्यौ । तपाइलाइ धेरै धन्यबाद ।

टिका अधिकारि ज्यु स्कटल्यान्ड , तपाइ यो अभियानको महा नायक हो । वावुराम पान्डेय , ताइवान , समिर भन्डारि फिनल्यान्ड , टिका ढुङ्गाना कोरिया , टिका पान्डेय कोरिया , विस्नु पान्डेय कोरिया , विस्नु पान्डेय जापान देवि पान्डेय जापाम , राम प्रसाद पान्डेय कोरिया र कमला पान्डेयले अस्ट्रेलियामा, त्रिभुवन श्रेष्ठ जापान र अर्जुन पान्डेयले लन्डनमा र रमा वलि धेरै साथि हरुलगायतले यादव पान्डेयको लागि सहयोगका लागि हात फैलाउनु भयो । याचना र अाग्रह गर्नुभयो । फोन मार्फत , म्यासेज मार्फत खाजा खर्च दिनु भन्दै अनुनय विनय गरेर पठाएको रकम हामिले सहि ठाउमा लगायौ कि जस्तो मनले वोलिरहेको छ । तपाइ हरुको सक्रियता वाट अाएको सहयोग भोलिका दिनमा पनि अन्य सहयोग अभियान मा यसरि नै थपिने छ ।

भुवन जि हजुरले नै सुरु गरेको अभियान हजुरवाटै अन्त चाहन्छौ । हजुरको उपस्थिति सगै अवको केहि दिनमा हामि घर हस्तान्तरण कार्यक्रम राख्ने योजना वनाउने छौ ।

हाम्रा लागि यो अभियान अाफैमा उर्जा हो । खै कसरि सम्पन्न हुदैछ म अचम्म परिरहेको छु ।तपाइहरुले दिएको विस्वास …….यति धेरै माया…..! कहिलै एक रति पनि गिर्न नदिने गरि अगाडि वढ्ने छौ । गाउ नजिकैको सहर वाट निस्वार्थ सेवा भावले हजारौ पटक अाउने जाने क्रम जारि रहे पनि जन्मिएको जन्मभुमिमै सैसवकाल जस्तै जिवनको उत्तरार्ध तहि तिमि संगै विताउन चाहाने तिम्रो साथि म ।