अक्सफोर्ड-अस्ट्राजेन्का भ्याक्सिनले अब चाहीँ आशा बढायो। अब लजिस्टिक तर्फ ध्यान केन्द्रित।

डाक्टर भरत राज पौडेल आफ्नो फेसबुक मार्फत कोरोना भ्याक्सिनकोबिशेष जानकारी सार्बजनिक गर्नु भएको छ ।

#अष्ट्रेलिया, न्युजिल्यान्ड, नेपाल, युरोप, अमेरिका,मध्यपूर्ब सँगै दक्षिण र पूर्वी एसिया एबम ओसेनिया तर्फ मुलत दशैँ करिब करिब सकियो। पाँच दिन सम्म मनाउनेलाई चाहीँ अझै बाँकी छ दशैँ। नेपालमा खासै चहलपहल नभए पनि अधिकांशले आ-आफ्नै घर कम्पाउन्ड र सिमित परिधी भित्र रहेर मनाए। अब हामी नियमित काममा फर्केका छौँ र सबैको ध्यान कोभिड-१९ ले लपेटेको बिश्वले कसरी पार पाँउछ भन्नेमा केन्द्रित छ र हुनुपर्छ।

#यसै बिच कोभिड-१९ बिरूद्दको भ्याक्सिनबारे केही दिन अघि आएको बिबादास्पद खबरलाई चिर्दै अक्सफोर्ड-अस्ट्राजेन्का भ्याक्सिनको ट्रायलमा पछिल्लो परिणाम राम्रो आएकोमा बैज्ञानिक समुदाय खुसी देखिएका छन। किनकी यसले बुढापाकालाई राम्रो हुने देखायो। उता फाईजर कम्पनीले अमेरिकाबाट छिट्टै घोषणा गर्ने भ्याक्सिनको पछिल्लो ट्रायल केटाकेटीहरूमा राम्रो र प्रभावकारी हुने देखिएको छ।

रसियाली भ्याक्सिनको आलोचना बढी र प्रभाबकारीता कम देखिएपछी आफ्नो तर्फबाट घोषणाको नजिक रहेको एकजोडी भ्याक्सिनको पनि चीनले राम्रै ट्रायल रिट्रायल गरेर बिश्वको बिश्वास जितेर यसै मार्फत ब्यापार र कुटनिती सँगसँगैै अघि बढाउने रणनितीमा देखिएकाले अली ढिलै गरेको छ। अष्ट्रेलियाको एडिलेड र क्वीन्सल्याण्ड बिश्वबिध्यालयको भ्याक्सिन ट्रायल शुरूमा उत्साहजनक देखिए पनि अहिले केही सेलाएकोले नयाँ जानकारी खासै आएन तर प्रधानमन्त्री मरिसनले केही दिन अघि युक्यू भ्याक्सिन परियोजनामा आएर केही घण्टा बिताएका छन।

#आशा गरौँ फाईजर र अक्सफोर्ड-अस्ट्राजेन्का भ्याक्सिनको घोषणा यही बर्ष भएर २०२१ को जनवरी वा फेब्रुअरीबाट बिस्तारै प्रयोगमा आउन शुरू होस। तर बिश्व स्वास्थ्य सँगठनले भने बिश्वमा कोभिड-१९ को तेस्रो वेभ निकै खतरनाक हुनसक्ने भएकाले सबैले यस बिरूद्द प्रभाबकारी रूपले अघि बढ्नुपर्ने भनेको छ।

स्कटनेपाल टिका अधिकारी संग केहि महिना अगाडी को बिशेष कुरा कानी पनि हेर्नुहोस !