जेलका कैदी बंदि र यसपालिको दशैं

आज विजय दशमी र हामी यति बेला जिल्ला कारागार झापामा छौ । सधैको जस्तो हुन सकेन यो ७७ सालको दशैं । कोरोनाको कहरको दशैं आँखिर कस्तो भयो होला त कारागार भित्र ? हामी हजुरहरुलाई देखाउने छौ । हामी घरमा भएकाहरुले त कसैन कसैको हातबाट टिका ग्रहण गय्रौ तर जेल जिवन बिताई रहेका हरुको अवस्था के छ ? हामी देखाउने छौ । यो साल कारागार भित्र भएका आफन्तहरुलाई भेटेर टिका लगाउन त हजुररुले पाउनु भएर तर कारागार भित्र भएको हजुहरुका आफन्तलाई भने यस भिडिया मार्फत अवश्य हेर्न पाउनु हुनेछ ।

कारागार एउटै भएपनि सजिलै भेट्न पाउँदैनन् त्यहाँ भित्रका पुरुष र महिलाहरु तर आज भेटघाट गरी टीका लगाउन पाएका छन् । कसैले त्यही भएका आफन्तसंग टिका लगाए भने कसैले आफन्त बनाएर लगाए । टीकाको दिन कसैको आँखामा खुशीको आँशु थियो त कसैको दुःखका आँशु बर्बराउँदै थिए । कोही मधुर मुस्कानका साथ हाँसी रहेका थिए भने कोही परीवारलाई सम्झि टोलाई बसेका देखीए । पक्कैपनि अरु बेला घर परीवारको याद नआएपनि आजको दिन परीवारलाई बिर्सन सकिँदैन । कोही बा आमा सम्झिदै रुँदै होलत त कोही छोराछोरी । तर जे होस कारागार भित्रका व्यवस्थापकहरुले सके सम्म खुशी दिन खोजे कैदी बन्दीहरुलाई । सबैले भिडियो हेरेर सियर गर्नुहोला र सबैको आफन्तको हात सम्म पुय्राई दिनुहोला ।