‘तिमि नै मेरो संसार…’ भन्दै रघुनाथ

काठमाडौं १ कात्तिक । सकृय संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको ‘तिमि नै मेरो संसार…’ गीतको भिडियो सार्वजनिक भएको छ । २०५९ सालमा एकल शब्द रचनामा दुई वटा एल्बम निकाली सकेका सापकोटाले झन्डै १७ वर्ष पछि यो गीत रेकर्ड गराएका हुन् । रिमेश कुमारको संगीत रहेको गीतमा एलिना चौहान र राज कुमार गिरीको स्वर रहेको छ ।

एउटा प्रेमी कसैको मायाँमा परेपछिको भावलाई गीतले दर्शाउन खोजेको छ । पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिक र भिडियो बनाउने बजेट गीत संगीतले उठाउन नसक्ने देखेर यो गीतलाई स्टुडियोमा मात्र खिचेर सार्वजनिक गरिएको सापकोटाले बताए । टाइम्स म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गीतलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिईरहेको रघुनाथले बताएका छन् ।