साहित्यकार अमरको दर्शन भजन सार्वजनिक

भगवानप्रति आस्था मानव सभ्यता हो रोग मान्छेको सत्रु हो तसर्थ रोगलाई निर्मूल पार्नु अति उत्तम उपाय हो । मनबाट डर हटाउनु रोगसँग लड्नु र रोगलाई जित्नु मान्छेहरूको चाहना बनेको छ । संसारभरि महामारी ‘कोरोना’ रोगले उग्र रूप लिंदै गर्दा सामाजिक दुरी कायम गर्दै ओएसनेपालको आयोजनामा राजधानीमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचनामा भजन प्रत्येक मान्छेहरूको मनमा उच्चारण होस् भनेर होला । साहित्यकार अमरको छब्बिसौं कृति “दर्शन” एल्बमको एक समारोह बीच सार्वजनिक भएको छ ।

एल्बमभित्र स्वयं गीतकार सुरेन्द्र महर्जन र सुर्यकमल राईको स्वरमा रहेको भजनहरू समाबेश छ भने एल्बममा रहेका भजनहरूको संगीत संगीतकार राम कार्की र सुर्यकमल राईको रहेको छ । भजनहरूको एरेन्जर राम कार्की र संजय हमालको गरिएको छ ।

ओएसनेपालको प्रस्तुति रहेकोे दर्शन एल्बम कार्यक्रम ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठ ले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रम दिप गुरुङबाट संचालन गरिएको थियो ।