नायक रबि कार्किले खोले डान्स एकेडेमि

नायक रबि कार्किले आफ्नै पेशालाइ निरन्तरता दिदै रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमि सन्चालमा ल्याएका छन् । मिलाप , प्रेम बिबाह , तिमि बिनाको सन्सार , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका नायक रबि कार्किले तारकेश्वर नगरपालीका वडा नं २ मा डान्स एकेडेमि स्थापना गरेका छन् । कार्कि नृत्यको क्षेत्रमा बिगत २३ बर्ष देखि सक्रिय रहेका छन् ।

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको यस डान्स एकेडेमिको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजीबि , राजनितिज्ञ , चलचित्रकर्मिको उपस्थिति रहेको थियो । रबि कार्किको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा , बिशिष्ट अतिथिमा लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रबिन्द्र केसि , अतिथिमा संगीतकार बिकाश चौधरी तथा सन्चारकर्मिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दैे सन्चालक नायक रबि कार्किले नृत्यको क्षेत्रमा राम्रो भबिष्य भएको र अवको पुस्तालाइ आफूले सिकेको ज्ञानलाइ बाढ्ने उदेश्यले सन्चालन गरेको बताएका छन् । एकेडेमि सन्चालनमा नायक कार्किलाइ शोभा तामाङले साथ दिएकि छिन् । नायक कार्किले लामो समय भारतिय सुप्रसिद्ध नृत्यनिर्देशक रेमो डिसुजा , राज जोशि संग डान्स सिकेर आफ्नै देशमा केहि गर्छु भन्दै फर्किएका थिए । नायक कार्कीको रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमिमा हरेक प्रकारका डान्स का साथै एक्टीङ , थिएटर एक्टीङ , आरजेभिजे को समेत प्रशिक्षण दिने बताएका छन् ।