गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

काठमाण्डौं ।
दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।

‘फिदा भए ’गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।