गीतकार भुपेन्द्र न्यौपानेले आफ्नो छोराको लागि गायक प्रताप दासलाई गीत गाउन लगाए

विजय थापा ,डिसी । अमेरिकाको टेक्ससमा बस्दै आएका चर्चित गीतकार भुपेन्द्र न्यौपानेले आफ्नो छोराको लागि नेपाल आइडल सिजन २ का गायक प्रताप दासलाई गीत गाउन लगाएका छन् ।

अमेरिकामा रहेता पनि गीतकार न्यौपानेले बेलाबेलामा आफ्ना प्रशंसक,श्रोताहरुका लागि गीतहरु पस्कने गर्छन । नयाँ नेपाली गीत ‘गोप्य कुरा’ कार्तिक ७ गते अर्थात् अक्टोबर २३ फूलपातीको दिन सार्वजनिक भएको हो ।

उक्त गीतमा गीतकार न्यौपानेका सुपुत्र निरज न्यौपाने,गुरास ढकाल,संयक जुनियर अधिकारी,वर्षा केसी,हेमा श्रेष्ठको प्रस्तुति रहेको छ । गीतको छायांकन काठमाडौँ एएडिआइएम कलेजमा गरिएको हो भने सङ्गीत संयोजन पदम थापाले गरेका छन ।

ओएसआर डिजिटल मार्फत सावर्जनिक भएको उक्त गीत प्रताप दासले गाएका छन् शब्द भुपेन्द्र न्यौपानेको रहेको छ । निर्मात्री तारा न्यौपाने सुबेदी हुन् भने नृत्य निर्देशन प्रमोद भण्डारीले गरेका छन् ।

निर्देशन समन अधिकारीले गरेका छन् भने सम्पादन तथा क्यामरा(चित्रग्राहिणी)फराज अर्पणले गरेका छन ।

भिडियो (श्रब्य दृश्य)हेर्न यहाँ थिच्नु होला :