दशैंको शुभकामना दिँदा दुर्गा देवी_ देवताको फोटो हाल्नुस्, आफ्नो होइन ।

डाक्टर ए पोख्रेल,

१. “दशैंको शुभकामना” को निहुमा आफ्नै “थोपडा” को फोटो हाल्नु पर्ने कारण के रहेछ ?

२. बरु दुर्गा देवीको मन्दिर, मूर्ति वा फोटो हाल्नु नी, फोटो नैं हाल्ने हो भने । समय सान्दर्भिक फोटो अपलोड गर्नु पर्छ जस्तो लाग्छ । जस्तै जन्म दिनमा आफ्नो नयाँ फोटो पोस्ट गर्दा राम्रो नी देखिन्छ, र त्यो आफ्नो रेकर्डमा पनि रहन्छ ।

३. अरु दिनहरुमा प्रत्येक दिन हाल्नुनी आफ्नो फोटो । अर्को शीर्षकमा दैनिक सयौ फोटो अपलोड गर्नुहोस् मतलब छैन यसमा । के मतलब ।

४. मेरो यो कुरा मन नपरेर रिस उठ्नेहरुले मलाई अन फ्रेन्ड (unfriend) गर्न सक्नुहुन्छ है ।

५. अझै थप्न चाहन्छु, भोलि मैले यसु ख्रीष्टको फोटो राखेर दशैंको शुभकामना दिन्छु, हुन्छ ? कृपया चित्त बुझाउने कोसिस गर्नु होला । मलाई मेरो फोटो हालेर शुभकामना दिनु भन्दा, ती दार्शनिक येशूको फोटो पोस्ट गर्नु धेरै राम्रो लाग्छ ।
अस्तु ।
ए पोख्रेल ।