पावरवाला चश्मामा आश्मादेखि एन्जिलासम्म

काठमाडौं,७ कार्तिक
‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनीक गरिएको छ । नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापति,कुशल बिष्ट र अनिता बस्नेत फिचर छन् ।
प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द र संगीत भीम बिसीको हो । युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन् । सियोन श्रेष्ठले कोरियोग्राफी गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।

प्रलभ ढुंगाना र कौशलराज खड्का निर्माता रहेको भिडियोमा दुई प्रेमीजोडीको बृद्धाबस्थासम्मको प्रेमभाव दर्शाइएको छ । दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भिडियोमा गायक प्रताप र गायिका एन्जिलालाई पनि प्रस्तुत गरिएको छ ।
केही समयअघिदेखि बिभिन्न सर्ट मुभीज तथा म्युजीक भिडियो निर्माणमा सक्रिय रहेको नेफोली क्रिएसन्सको यो गीत अहिले टिकटकमा समेत चर्चित हुदै गइरहेको छ ।