तिमी र म बाट पपुलर म्युजिक भिडियो निर्देशक मा अवार्डिट भए चेम्जोङ

लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल आएर फल चाखिरहेका छन ।तिमी र म म्युजिक भिडियो बाट पपुलर म्युजिक भिडियो निर्देशक 2077 हुन सफल भैसकेका छन ।

कर्म सबले गर्छन आफ्नै फिल्ड हुन्छ र मैले आफ्नै फिल्ड मा गरे। थुप्रै म्युजिक भिडियो हरु निर्माण गरे आज आएर नेपाल आर्ट कल्चर म्युजिक अवार्ड द्वारा सम्मानित हुन पाउँदा खुशी लागेको छ भन्दै मुस्कुराउछन चेम्जोङ। समीर लिम्बू र मेलिना राइको तिमी म गित लाई उनले कोरिया मा छायांकन गरेका थिए। उनका प्राय सबै म्युजिक भिडियो कोरिया मै बनेको छन ।

शान्त सरल देखिने ऊनी बिचारको धनी सिर्जनशील र उच्च सहयोगि भावना बोकेर हिड्ने गर्दछन । कोरिया हुदा रेडियो अनलाइन गोर्खालीको स्टेसन म्यानेजर रहेर लामो समय सम्म काम गरेका उनी विभिन्न संघ सस्थामा आबद्ध भएर थुप्रै काम गरेका थिए भने कोरिया मा इन्टर नेसनल सोसोलोजियम अवार्ड द्वारा पनि सम्मानित भैसकेका छन चेम्जोङ ।

नेपाल का चर्चित गायक गायिका तथा गितकार संगीतकार हरु संग सहकार्य गरेर उनले कोरियामा बसेरै पनि तीन दर्जन माथी म्युजिक भिडियो निर्माण गरिसकेका छन । उनले कोरिया कै सुन्दर नगरी हरुमा आफ्नो निर्देशन लाई फल्न फुल्न लगाएका थिए। बीउ छर फलको आश नगर पक्कै पनि छरे पछी उम्रीन्छ भन्ने उखानसंग चेम्जोङले तालमेल राखे र कोरिया हुँदा गरेको निर्देशन ले आज आएर नेपाल मा अवार्ड जिति रहेका छ्न।उनी भन्छन् नेपाल आएर पनि केही गरु भन्ने सोच थियो बिडम्बना कोरोना भाइरस को कारण आज हामी थुनिएर बस्न बाध्य छौ र म गृह जिल्ला पाँचथर मा छु।जिल्ला मा बसेर पनि केही बिकास का काम हरुमा सामेल भैरहेको छु गम्भीर भएर उनी भन्छन।

सबै भाषा भाषिलाइ सम्मान गर्दै आफ्नो लिम्बू भाषा कल्चर लाई जोगाएर अगि बढ्न चाहाने चेम्जोङले अवार्ड कार्यक्रम मा लिम्बु भाषी ड्रेस मा उपस्थित भएर अवार्ड लिएका थिए। उनी भन्छन नेपाल आर्ट म्युजिक कल्चर ले मेरो प्रतिभाको कदर गरेर जुन अवार्ड मा मलाई चुन्यो म संग शब्द छैन ।उचाई छोएर धरातल नभुल्ने उनी भन्छन मैले त्यो दौरान मा पाएको साथ हौसला र मेरो निम्ति उर्जा दिने सम्पुर्ण मा हार्दिक नमन गर्न चाहान्छु ।