श्रीमानको मृ + त्यु, 22 बर्से युबतिको बिजोक,”काखमा दुधे बालक छ” लाखौ ऋण पनि, यो हेर्दा कस्को मन रुदैन होला! (भिडियो सहित)

झापामा भर्खरै मनै छुने खालको दु:खद घ टना घटेको छ । सानै उमेरमा एकजना २२ बर्से युवतीले आफ्नो २६ बर्शिय श्रीमान गुमाएकी छिन । काखमा दुधे बालक समेत रहेको छ । दुधे बालक सहित सानै उमेरमा ऋणको भारी बोक्न बाध्य ती युवती रुदै मिडियामा आएकी छिन । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका उनका श्रीमानकै कमाइले घर चलाउदै गरेको बताउने युवतीका आँखा हरेक पल रसाइरहन्छ । साना बच्चाले बाबा खै बाबा खै भनेर बाबालाई खोजिरहदा खाटो बसेको घाउ फेरि बल्झिने बताउदै डाको छोडिन ।

उनका श्रीमान र ससुरा काम गर्न जाने क्रममा दुर्घटनामा परेर बिर्तामोडको बि एन्ड सि हस्पिटलमा उपचारका क्रममा छोराको मृत्यु भएको र बाबुको अहिले उपचार भइरहेको छ । अर्काको जमिनमा भाडामा बस्दै गरेको परिवार चलाउन मज्दुरी गरेर छाक टार्ने अवस्थामा अर्को बज्रपात परेपछी झनै बिचल्लीमा परेको छ । सबैले सकेको सहयोग गर्न अपिल समेत गरेकि छिन । बाबुको उपचारमा कति खर्छ लाग्छ भन्ने नै टुङो छैन । लाखौको ऋण भइसकेकोले अब के गर्ने कसो गर्ने भन्ने टुङो नभएको बताउदै डाको छोडेर रुदै यस्तोसम्म सुनाएकी चेलीको बेदना हेर्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला |