चलचित्र पर्दाफास” मा मिरा कार्कीको “झिलिमिली झिलिमिली” (भिडियो सहित)

कार्तिक ०१- कुनै पनि नेपाली चलचित्र सफल हुनुमा त्यस भित्र समाबेस गीत संगीतको पनि महत्वपुर्ण भूमिका हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले उक्त मसलाका लागि निकै मेहनत गर्ने गरेका हुन्छन् । यसैलाई ध्यानमा राखेर अहिले नेपाली चलचित्र “पर्दाफास” मा समाबेस गीत “झिलिमिली झिलिमिली” सार्बजनिक भएको छ । गीतको अडियोको प्रस्तुति मिरा कार्कीको भएता पनि भिडियोलाई बसन्त राना, निर्मल दर्नाल र बिष्णु कार्कीले निर्माण गरेका हुन् । प्रस्तुत गीतमा मिरा कार्की र बि.बि अनुरागीको स्वर रहेको छ ।

नेपालीहरुको दोश्रो महान चाड दिपावली नजिक आइरहंदा, झिलिमिली बत्तिको चाड रङ्गयाउन यस गीतले राम्रो भूमिका खल्नेमा कलाकारहरु ढुक्क रहेका छन् । यस गीतलाई गायिका मिरा कार्कीले आफ्नो प्रस्तुतिमा तयार गरेकी थिइन् । तर पछी चलचित्र पर्दाफासका लागि माग भए पश्चात उनले यस गीतलाई उक्त चलचित्रमा समाबेस गर्नु अनुमति दिएकी हुन् ।

बि.बि अनुरागिको संगीतले भरिएको गीतलाई गीतकार बिष्णु कार्कीले कोरेका हुन् । विष्णुले यस अघि पनि थुप्रै गीतहरुलाई लिपिबद्ध गरिसकेका छन् । यस गीतको भिडियोलाई सुदन धितालले निर्देशन गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।