पुरै गाउँलाई शेयर लगानी गरिदिने महाबाणिज्य दूत दीपक खड्का

अस्ट्रेलियाको न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्काले आफू जन्मेको दोलखाको तामाकोशीमा सिंङ्गै गाउँका ७४१ घरधुरीलाई ५,००० को दरले शेयर लगानी गरिदिएका छन ।

“धन बिनाको मन ठूलो कि मन बिनाको धन” गीत चर्चाको शिखरमा रहेको बेला तामाकोशीमा सिंङ्गै गाउँका ७४१ घरधुरीलाई शेयर अनुदानको रुपमा लगानी गरिदिएर आफूलाई धन र मन दुवै भएका नेपालीको रुपमा प्रमाणित गरे दीपक खड्काले ।

सरकारले माथिल्लो तामाकोशी आयोजनामा दोलखावासीलाई छुट्यायको १०% शेयरको लागि आबस्यक रकमको जोहो गर्न नसकिने हो कि भन्ने चिन्तामा रहेका कोही पनि बन्चित हुन नपरोस भनी गाउँको ७ सय ४१ घरधुरीलाई नै प्रति घरधुरी रु पाँच हजारको दरले नगद सहयोग गरे महाबाणिज्यदूत दीपक खड्काले । यो किसिमको सहयोगले सहयोग प्राप्त गर्ने दीन दु:खी गाउँलेको जीवनमा दीर्घकालिन रुपमा सकारात्मक प्रभाब पार्न धेरै किसिमले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउँदै यो किसिमको सहयोगको अबधारणा अत्यन्तै प्रभावकारी हुने बताउँछन लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ ।

पछिल्लो बिनासकारी भूकम्पमा गाउँ नै सोत्तर हुँदा प्रतिघर नगद तीन हजारको दरले सहयोग प्रदान गरेका खड्काले अस्ट्रेलियाबाट नेपालमा १ सय ६६ वटा ह्वीलचेयर पठाउँदा करिब आठ लाख व्यहोरेका थिए । यी बाहेक आफ्ना गाउँका लागि र अन्य धेरै सहयोग गर्ने गरेका छन उन्ले ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व कार्य समितिका सल्लाहकार समेत हुन खड्का ।

@Ramkshrestha

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेजको पोस्टिङ् र त्यस्का कमेण्टहरु ।