कोरोना संक्रमितको उपचार सरकारले नगर्ने विषयमा प्रधानमन्त्री ओलीको यस्तो भनाई, हेर्नुहोस कार्तिक ५ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् ।

तोकिएका बाहेक अरु संक्रमितले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सरकारले निर्णय सुनाएको छ । स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले समेत यो निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्राधनमन्त्री ओलीले भने आफैं खर्च गर्न नसक्नेहरुको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारे । हेर्नुहोस कार्तिक ५ गतेका मुख्य समाचारहरु |