दशैं नवरात्रमा भुलेर पनी गर्न नहुने कुराहरु

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
हरेक वर्ष झै यो वर्ष पनि बडादशैंको आगमन भएको छ । सामान्य तया दशंै भन्ने बित्तीकै राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा लिईन्छ। तर दशैको समयको मुख्य ९ दिन सम्म मनाईने नवरात्रमा जसले साधना गर्छ उसले देवीको आशिर्वाद स्वरुप शक्ती प्राप्त गरि हरेक चुनौतीहरु लाई पार लगाउने सक्ने हुन्छ ।

उन्नती, प्रगती, खुशी र सफलताले उसलाई पछ्याउनेछ । श्रद्धा र विश्वास पूर्वक जसले देवीको साधना एवं भक्ती गर्छ उसको जिवनमा महत्वपूर्ण सुधार हुनेछ । नौ दिन सम्म व्रत बस्ने भक्तजनले नवरात्रमा भुलेर पनि यी कार्यहरु नगर्नु उत्तम हुनेछ ।

– व्रत बस्ने भक्तले नौ दिनसम्म महिलाले कपाल काट्नु हुँदैन भने पुरुषले नौ दिनसम्म कपाल, दारी, जुङ्गा काट्नु हुँदैन । —व्रत बस्ने मानिसले नौ दिनभरी पहेंलो वा रातो रंगको सफा र चोखो लुगा लगाएर देवीको पूजा गर्नुपर्छ ।

—नौरथामा यदि तपाईंले आफ्नो घरमा अखण्डबत्ति बाल्नु भएकोछ भने घर छाडेर बाहिर बस्नु हुँदैन । कुनै बिशेष अवस्था भएपनि घरलाई रित्तो छोड्नु हुँदैन । — व्रत बस्ने भक्तले नौ दिनसम्म हात तथा खुट्टाको नङ काट्नु हुँदैन । व्रत बस्नु अगाडि अथवा व्रत सकिसकेपछि मात्र नङ काट्नु शुभ हुनेछ ।

— व्रत बस्ने व्यक्तिले नौ दिनसम्म लसुन, प्याज र माछा–मासु नखानु शुभ हुनेछ । —व्रत बस्ने व्यक्तिले नै दिनभरी छालाका बेल्ट, चप्पल–जुत्ता, ब्याग जस्ता सामानको प्रयोग गर्नुहुँदैन ।

—नौ दिनसम्म व्रत बस्ने व्यक्तिले कागती काट्नु हुँदैन । —यदि दिउँसो सुत्ने बानी छ भने यो बानी हटाउनुपर्छ । विष्णु पुराणको अनुसार व्रत बस्ने व्यक्तिले नौ दिनभरी दिउँसो सुत्नु हुँदैन ।

—व्रत बस्ने व्यक्तिले नौ दिनसम्म एकै स्थानमा बसेर फलाहार ग्रहण गर्नुपर्दछ । विभिन्न स्थानमा बसेर फलाहार ग्रहण गर्नाले उत्तम फल मिल्दैन । — दुर्गा चालिसा, मन्त्र अथवा सप्तशती पाठ पढ्दै हुनुहुन्छ भने बीचमा अन्य कुरा गर्ने अथवा उठ्ने गल्ती गर्नुहुँदैन । त्यसो गर्दा पाठको फल नकारात्मक शक्तिहरुले लैजान्छन ।

—कतिपय व्यक्तिहरु व्रतको क्रममा भोक लाग्ने भएकोले भोक एवं तिर्सना मेटाउनका लागि तमाखु वा अन्य नशालु पदार्थ को सेवन गर्ने गर्छन तर यसो गर्नु हुँदैन । बेहोसी एवं नशामा लठ्ठीएर गरेको कार्य बाट उत्तम फल प्राप्त हुँदैन ।

— ब्रत भनेको काम, क्रोध, लोभ र मोहको त्याग गर्नु हो । ब्रत वस्ते भक्तनजले नौ दिनभरी ब्रम्हचर्यमा बस्नु शुभ हुनेछ । शारीरिक सम्बन्ध राख्नु हुँदैन । व्रतको समयमा शारीरिक सम्बन्ध राख्नाले व्रतको फलमा कमी हुनेछ ।