संकटकाल र कर्फ्यु लगाउने सुचना के हो ? गृहमन्त्रालयले यस्तो भन्यो, हेर्नुहोस कार्तिक ४ गतेका मुख्य समाचारहरु

सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो । एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले भनेका छन् ।
हेर्नुहोस कार्तिक ४ गतेका मुख्य समाचारहरु |