अस्ट्रेलिया निवासी गीतकार गौडेलको ‘सुनरीमै’ सार्वजनिक

अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगितको संरक्षण, सम्बर्द्धन र प्रबर्धनमा लागेका नवलपुर गैडाकोटका युवा गीतकार विश्व गौडेलको शब्दमा ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ब्लेक ब्रोस इन्टरटेनमेन्टले गीतकार गौडेलको पहिलो कोसेलीको रुपमा “सुनरीमै” बजारमा ल्याएको हो ।

नेपाली सांगितिक दुनियाँँका चर्चित कलाकारद्धय गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज समावेश यो गीतमा दीपक शर्माको संगीत छ ।

गीतको भिडियोमा टिकटकका हिट जोडी प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।

भिडियोको छायाँकन नबराज उप्रेतीले गरेका हुन् । नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियोमा जीवन रसाईलीको निर्देशन रहेको छ ।