नारायण विपी र देवी घर्ती को स्वरमा मार्मिक “परदेशी दशैँ गीत २०७७” (भिडियो सहित)

स्कटनेपाल ।

नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत “दशै गीत २०७७ परदेशी” सार्वजनिक भएको छ ।

‘‘गाउँघरको के माया छैन र ? दशैंँ आयो घर आउनी होइन र ?’’ बोलको साँगेतिक कोसेली बजारमा आएको छ। बबि जिसीको शब्द, सँगीत तथा देवी घर्ति र नारायण बिपीको स्वरले सजिएको लोक भाकामा रहेको यो साँगेतिक कोसेलीले चाडपर्वका बेला परदेशी घर आउन नपाउने बाध्यतालाई मार्मिक ढंगले चित्रण गरेको छ ।

छायांकन तथा सम्पादान शोभाखर पन्थको रहेको छ भने सहायक क्यामेरा म्यानमा प्रदीप परियारले योगदान दिएका छन् । त्यसैगरि लोक गायक नारायण विपी परियार र विष्णु श्रीपालीको उत्कृष्ट अभिनयका कारण यो सांगीतिक विडियोले झन् निखार पाएको छ ।

हेर्नुहोस भिडियो :