खसी बोका बेचेर १ करोड बढी आम्दानी गरे, हेर्नुहोस आज कार्तिक ३ गतेका मुख्य समाचारहरु

दसैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् ।

खसीबोका बिक्रीका लागि स्थानीयस्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् । हेर्नुहोस आज कार्तिक ३ गतेका मुख्य समाचारहरु :