देवी घर्ति र प्रकाश पराजुलीले आवाज दिएको मन्जरी गीत छोटो समयमै १० लाख दर्शकको मनमा

नेपाली लोक दोहोरी इतिहासमै सर्वाधिक रुचाईएको गीत सालको पातका सर्जक नवराज पन्तले सृजना गरेको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘मन्जरी’बजारमा आएको छोटो समयमै १० लाख भन्दा बढी दर्शकले रुचाएका छन ।प्रकाश क्षेत्रीको प्रस्तुतिको रुपमा बजारमा आएको उक्त गीतमा नेपाली चलचित्रका महानायक राजेश हमालले अभिनय गरेका छन भने उनि संगै प्रकाश सपुत र वर्षा सिवाकोटीको पनि अभिनयमा साथ् दिएका छन।

चर्चित गायिका देवी घर्ती मगर र प्रकाश पराजुलीले आवाज दिएको गीतमा संगीत पनि प्रकाश पराजुलिकै रहेको छ।नेपाली लोकदोहोरी क्षेत्रको विस्तार र निरन्तरताको लागि उक्त गीत बजारमा आएको हो।सर्वाधिक महँगो लगानीमा निर्माण भएको उक्त गीतमा निर्देशन भने देवेन्द्र बब्लुले गरेका हुन् भने कोरियोग्राफ भने मौसम हिमालीले गरेका हुन्। भिडियो छोटो समयमै सबैले रुचाएका छन भने गीतको चर्चा पनि सामाजिक संजालमा चौतर्फी छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।हेरौ भिडिओ :