‘डोको बुनेर’ राजु परियार र कमला घिमिरेको दोस्रो गित

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच मेक्शना डिडिटलको प्रा.लि को प्रस्तुतिमा कमला घिमिरे र राजु परियारको दोस्रो गित ‘डोको वुनेर’ गितको अफिसिय म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय वाल कलाकार कमला घिमिरे , लोकप्रिय गायक सर्जक राजु परियार र गायक विक्रम क्षेत्रीको आवाजमा रहेको गितमा गितकार नेत्र अर्यालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक सर्जक रोशन परियारको लय रचना रहेको छ । गित छोटो समयमै निकै रुचाईएको छ , युटुवमा राखिएको १३ घन्टा नपुग्दै २ लाख २० हजार दर्शक स्रोता कमाएको छ ।

पछिल्लो समयका चर्चित निर्देशक विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका लोकप्रिय कलाकारहरु टिका सानु , ओवि रायमाझि , टिका जौसि , प्रेम खड्का , रुविना अधिकारी , तेजेन्द्र गौतम, वसन्ति वलि , रिहान शंकर लगायत टिमको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । राजेश घिमिरेले छांयाकन गरेको गितको म्युजिक भिडियो वसन्त विश्वकर्माले सम्पादन गरेका छन् ।

उक्त गितको म्युजिक भिडियो Meshana Music को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस्