अमेरिकामा नेपाली मूलका राजेन्द्रकेसीले जिते ४ वटा चित्रकला प्रतियोगिता

विजय थापा ,डिसी । एक दशक देखि डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसीले ४ वटा चित्रकला प्रतियोगिता जितेका छन । काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरु हात पारेका छन ।

उनले बिदेशीहरुले आयोजना गरेको विभिन्न चित्रकला प्रतियोगितामा बाजी मारेका हुन ।

भर्जिनियाको फल्सचर्चमा फल्स चर्च सिटि आर्ट्सद्वारा आयोजना गरिएको खुला दृश्य चित्र चित्रकला प्रतियोगितामा केसीलाई दुई वटामा प्रथम पुरस्कार प्राप्त भएको छ । पुरस्कृत हुनुको साथै उनले बेयर अटो ग्रुप( सवारी साधन समूह) बाट नगद १ हजार २ सय डलर र रकस्टार रियालिटि आर्टिस्ट ग्रुपमा दोश्रो स्थान हासिल गर्दै १ हजार डलर नगद समेत प्राप्त गरेका छन ।

यसै गरि प्रतियोगितामा आएका दर्शकमध्येले मन पराइएका कुनै एक चित्रलाई मतदान गर्दा सबै भन्दा ज्यादा मत ल्याउनेलाई प्रथम पुरस्कार र ३५० डलर नगद पाउने हुँदा उक्त प्रतियोगितामा पनि केसीले हात पारेका छन । उक्त पुरस्कारको नाम नै पीप्लस चोइस अवार्ड(दर्शकले मन पराएको ) रहेको छ ।

यसै गरि द्रुत गतिको चित्रकला(क्विक ड्र पेन्टिंग)जुन २ घण्टा भित्र बनाउनु पर्नेमा समेत केसीले तेश्रो स्थान हासिल गर्दै २ सय ५० डलर जितेका छन् । उक्त पुरस्कारको नाम जुन बेयर आर्ट क्विक ड्र रहेको केसीले बताए ।

उनले दृश्य कला प्रतियोगितामा जित हासिल गर्दै नेपाल र नेपालको नाम राख्न सफल भएका छन । उक्त प्रतियोगामा अमेरिकाका ५० वटै राज्यहरुबाट कलाकारहरुको सहभागिता हुने गर्छ ।

प्रतियोगितामा सहभागी हुन् आवेदन दिएका मध्येबाट ५० जना भित्रमा छनौट हुनु पर्नु नियम रहेकोले ५० जना मध्ये मै नेपाली मूलका कलाकार केसी परेका थिए । उनले २ वटामा प्रथम,एउटा द्वितीय र अर्कोमा तृतीय पुरस्कार हासिल गरेका छन् ।

फल्सचर्चले हरेक बर्ष चित्रकला प्रतियोगिताको आयोजना गर्छ भने चित्रकारहरुले चित्रकला कुनै पनि स्थानमा गएर तोकिएको समय भित्र चित्रकला बनाउनु पर्ने हुन्छ ।

उक्त प्रतियोगितामा घर भित्र बसेर बनाउन नपाइने र प्राकृतिक कला बनाउनु पर्ने भएकोले केसीले विभिन्न स्थानमा गै चित्रकला वनाएका थिए ।
उक्त चित्रकला प्रतियोगिता निर्णायकहरु पनि चित्रकारनै रहेका थिए ।

यसको अतिरिक्त यस बर्ष पनि केसीले विभिन्न राज्यहरुमा गै प्रतियोगीमा सहभागिता जनाई पुरस्कारहरु प्राप्त गरेका छन । मेरिल्याण्डको राजधानी एनापोलिसमा आयोजना भएको प्रतियोगतामा केसी तेश्रो स्थान भएका थिए ।

उक्त प्रतियोगितामा उनका दुई वटा चित्र १ हजार ६ सय डलरमा बिक्रि भएका थिए । यसै गरि मेरिल्याण्डको हार्डफोर्ट काउन्टीमा भएको चित्रकला प्रतियोगतामा प्रथम स्थान सहित नगद पुरस्कार र भर्जिनियाको ग्रेट फल्समा भएको प्रतियोगितामा मानार्थ पुरस्कार द्वारा सम्मानित भएका थिए । उनि हाल भर्जिनियाको ग्रेट फल्स र फल्स चर्च शहरहरुमा चित्रकला (आर्ट्स )सिकाउदछन ।

सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l