बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक राम कृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामवृmष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा संगीत शिखर शन्तोषले भरेका छन् ।

भिडियो बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं रिच लोकेशनमा खिचिएको छ । प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।

डा.दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो, जसमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ । भिडियो स्तरिय बनाउन वmुनै कसर नछोडेको निर्देशक श्रेष्ठले बताए । साथै भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन् ।

बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल यस भिडियो मार्पmत मोडलिङमा पाइला टेकेका छन् । खरेलको पहिलो भिडियो भए तापनि उनको प्रस्तुतिमा वmुनै कमी देखिएको छैन । साथै अवसर पाए आफुलाई निखार्दै व्यवसायसंगै अभिनयलाई संगै लैजाने उनको इच्छा रहेको मोडल खरेलले बताए ।
उनलाई बेलायतमा स्थापित मोडल रोश्ना कार्कीले साथ दिएकी छिन् । कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । साथै हालसम्म आफुले गरेको भिडियो मध्ये अधर उनको उत्वृmष्ट रहेको उनले जिकिर गरिन् ।

एक साता अघि बेलायतस्थित नेपाली दुतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।