सबैले हेर्नैपर्ने पानी पिउने सही तरिका

पानी हरेक प्राणीका लागि महत्वपूर्ण पदार्थ हो । जीउन अत्यावश्यक पनि छ । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ ।

हाम्रो शरीर करिब ७० प्रतिशत हिस्सा पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरकालागि पानी आवश्यक पर्दछ । तर नियमिति पिइने पानी सेवनको सही तरिका थाहा नहुदाँ पानी पिउदा पनि हानी हुनसक्छ ।

थाहा पाउनुस् पानी पिउने सही समय र तरिका : – खाना खाएलगतै वा खानुअघि पानी पिउनुहुँदैन । यसले पाचन रसमा असर पुर्याउँछ । – खानाअघि वा पछि पानी पिउँदा कब्जियत, अपच जस्ता समस्याहरु देखा पर्नसक्छ ।
– त्यसैले खाना खाएको दुईघण्टापछि मात्र पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । – पानी पिउँदा उभिनु हुदैन यसले घुँडामा समस्या हुन सक्छ । – पानी पिउँदा जहिल्यै बसेर मात्रै पिउनुपर्छ ।

– पानी पिउँदा कहिल्यै सुतेर पिउनु हुँदैन अन्यथा सर्किन सक्छ । – बत्ति नबालिकन अँध्यारो समेत पनि पानी पिउनु हुँदैन । – पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

– एकैचोटी धेरै पानी पिउनु हुँदैन यसले पाचन प्रक्रियामा खराबी आउन सक्छ । – अत्यन्त गर्मी वा दिशापिसाब गरे लगत्तै समेत पानी पिउनु हानिकारक मानिन्छ । – बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

– चिसो पानी शरीरले पचाउन गाह्रो हुने भएकाले धेरै चिसो पानी पिउनु हुदैन । – ठिक्क तातो पानी चाँडै पच्ने गर्दछ त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्दछ । – प्यास लाग्नासाथ पानी पिउन हतारीनु हुँदैन । केहिबेर रोकिएर मात्र पिउनु पर्दछ ।

– खाली पेटमा प्यास लागे केही खाएर मात्र पानी पिउनु उपयुक्त मानिन्छ । – राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ । – पानी पिए लगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।– तनावमा पानी पिउनु राम्रो मानिँदैन त्यसैले शान्त भएर पानी पिउनु राम्रो हुन्छ ।