नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक

गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्।

रोमान्टिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडीयोमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।