सुन्नै पर्ने देशभक्तिपूर्ण गीत

निरंकुश शासकहरुको निरंकुशताको बावजुद सामन्तीहरुको बर्बरतामा पिल्सिएका नेपाली जनताहरुलाई बहुदलीय शासन ब्यबस्थाको लागि झक्झकाउने योद्धा पत्रकारको नाम लिनुपर्दा अग्रपंक्तिमा आउने नाम हो बरिष्ठ पत्रकार गोपाल प्रसाद थपलिया । पत्रकारिता पेशालाई अपराध मानिने बेलामा निडर, निस्वार्थ पत्रकारको रुपमा मात्र सिमित नरही प्रेस तथा पत्रकारिता पेशालाई नै स्वतन्त्रता दिलाउने अभियानको अभियन्ताको रुपमा चिनाउन सफल हुनुहुन्थ्यो उहाँ ।

स्वतन्त्रताको लागि लगातार गिरफ्तार भएर बर्षौं जेलनेल र बर्बरतापूर्बक दिएको यातनाको बाबजुद अनबरत संघर्षरत थपलियाको यातनाको कारण पीठमा गम्भीर चोट लाग्यो, नाक भाँचियो र टाउकोमा पनि ठुलो चोट लागेर पनि उहाँ कहिल्यै चुप लागेर बस्नु भएन । यसैले उहाँले थुप्रै सम्मान प्राप्त गर्नु भएको छ ।

बरिष्ठ पत्रकार थपलियाले अझैपनि देश र जनता ब्युँताउनका लागि एउटा “युवा युवती” बोलको देशभक्तिपूर्ण राष्ट्रिय गीतको रचना गर्नुभएको छ | यस सुन्दर रचनाका लागि संगित वरिष्ठ संगितकार उदय श्रेष्ठ र गायनमा महिलातर्फबाट सांसद तथा वरिष्ठ गायक मधु गुरूङ र लक्ष्मी गुरूङ पुरूषतर्फ दिवस श्रेष्ठ र बिपिन घिमिरेले संगीतमय बनाउनु भएको छ | यो गीतलाई रेडियो नेपालले सर्बश्रेष्ठ राष्ट्रिय र देशभक्ति गीत भनी घोषणा गरी प्रचार प्रसार गरिसकेको छ |

https://www.youtube.com/watch?v=mNCjHQaC8hs